सशस्त्रमा एसएसपी बढुवाको तयारी, रिक्त पद १६,बढुवाका लागी योग्य १३ जना मात्रै

सशस्त्रमा एसएसपी बढुवाको तयारी, रिक्त पद १६,बढुवाका लागी योग्य १३ जना मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव रामशरण पौडेलद्धारा हस्ताक्षरित सुचनामा बढुवाका लागी योग्य उम्मेदवारलाई बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिहरु १० दिन भित्र सचिवालयमा पेश गर्न सुचना प्रकाशित गरिएको छ ।

सशस्त्रमा १६ जना एसएसपीहरुको दरबन्दी रिक्त रहेको छ । तर, बढुवाका लागी भने सशस्त्रमा दुई दर्जन सशस्त्र प्रहरी उपरीक्षकहरु मात्र योग्य छन् । बढुवाका लागी एसपी भएको चार वर्ष अवधी पुगेको हुनुपर्ने नियम छ । सशस्त्रमा भने १३ जना एसपीको मात्र चार वर्ष अवधी पुगेको छ । बढुवाका लागी एसपीहरु जय बहादुर खड्का, शान्तिराम कार्की, भेष बहादुर शाह, रमेश सुवेदी, प्रकाश श्रेष्ठ, विदुर खड्का र कृष्णराज पाठक लाइनमा छन् । त्यसैगरी एसपीहरु लक्ष्मण बहादुर सिंह, श्याम कोइराला, बेनु पाठक, सुदेश गुरुङ्ग,नेत्र खत्री र प्रदिप पाल एसएसपी बढुवाको लागी दौडमा छन् ।

यसअघि सशस्त्रले गरेको डिआईजी बढुवामा दुई पद रिक्त हुंदा हुंदै पनि एक जनालाई मात्र बढुवा गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफु निकट एसएसपी हरिशचन्द्र अधिकारीलाई डिआईजीमा बढुवा गरेका थिए । अधिकारीपछि वरियतामा अघि रहेका एसएसपी अभि खत्रिलाई बढुवा गर्नुपर्ने थियो । तर, महानिरीक्षक खनालले व्यक्तिगत प्रतिशोध साधेर एक जनाको बढुवा प्रक्रिया मात्र अघि बढाएका थिए । खनालले संगठनभित्रको बढुवा र सरुवामा आफु निकटलाई मात्र प्राथमिकता दिने गरेका छन् ।