काठमाडौं – चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीहरू काठमाडौं बाहिर पठाउन सुरु गरिएको छ ।
प्रदेश नम्बर १ र कर्णाली प्रदेशका लागि स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको स्काईट्रक सोमबार विराटनगर र सुर्खेत उडेको छ ।
अन्य ठाउँहरूमा पनि लैजाने तयारी भइरहेको उपप्रधानमन्त्री एवम् रक्षा मन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
नेपाल एयरलायन्सको वाइडबडी चार्टर विमानले १२ हजार ६ सय ६० केजी सामान ल्याएको थियो । चीन सरकार, सिचुआन प्रान्तको सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियां दूतावासले दिने भनेको पीपीई, थर्मोमिटर र स्वास्थ्य परिक्षणका लागी आवश्यक पर्ने किटलगायतका सामान समेत नेपाल आईपुगेको छ ।




प्रतिक्रिया