काठमाडौं – स्वास्थ्य सामाग्री बोकेर प्रदेश १ र कर्णाली प्रदेशका लागि उडेको नेपाली सेनाको स्काईट्रकमा अध्याधिक गन्ध आएपछि आकस्मिक अवतरण गराइएको छ ।
चीनबाट हिजो ल्याइएको कोरोना रोकथाम र उपचारका लागि प्रयोग हुने सामाग्री लिएर सेनाको स्काइट्रकभित्र एक्कासी गन्ध फैलिएपछि काठमाडौं नै फिर्ता गरिएको हो ।
स्काईट्रकभित्र क्लोरिनको गन्ध फैलिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
स्काईट्रकभित्र अध्याधिक क्लोरिनको गन्ध फैलिएपछि चालकदलका सदस्यहरुले काठमाडौंमा फिर्ता हुने निर्णय लिएको उनले जानकारी दिए ।
क्लोरिन धेरै प्रकारका भए पनि यो विशेष प्रकारको क्लोरिन हो । क्लोरिन २० मिनेटजति फैलिएपछि मान्छेको मृत्युसम्म हुने गरेको बताइन्छ । यसले टाउको दुख्नेलगायतका असर देखापर्छ । ‘क्लोरिन’ लाई प्लेनबाट नलगिने र यसलाई गाडीबाट लैजाने चालकदलका एक सदस्यले जानकारी दिए ।
धनगढी जान लागेको सेनाको स्काईट्रक महासेनानी रामसुन्दर बोहोराले उडाएका थिए । भने विराटनगर महासेनानी आशिषनरसिंह राणा र सुर्खेत सुवर्ण विष्टले उडाएका थिए । धनगढी र विराटनगर उडेको १० मिनेटमा स्काईट्रकका पाइलटको आँखामा आशुं आउने, नशामा समस्या आउने लगायतका समस्या देखिएको थियो ।




प्रतिक्रिया