सिलिण्डर बोकाएर सडकमा बसाउने प्रहरीमाथि कारबाही हुने

सिलिण्डर बोकाएर सडकमा बसाउने प्रहरीमाथि कारबाही हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ग्यास सिलिण्डर बोकाएर सडकमा बसाउने प्रहरीमाथि कारबाही हुने भएको छ । प्रहरीले ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रहरीले के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए ।

सडकमा सिलिण्डर बोकाएर बसाएपछि प्रहरीको सामाजिक सञ्जालमा आलोचना भएको छ ।