बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत – बेलायतमा बस्दै आएका नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ । कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो ।

उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ । नेपाल घर लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्त श्रीमती र एक छोराका साथ लामो समयदेखि बेलायतमा बस्दै आएका थिए ।