काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको विषयलाई गलत प्रचार प्रसार नगर्न आग्रह गरेको छ ।
हरेक मृत्युलाई कोरोना भाइरससँग जोडेर प्रचार नगर्न मन्त्रालयको आग्रह छ । सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ डा. खेम कार्कीले गलत तरिकाले प्रचार नगर्न आग्रह गरेका थिए ।
डा. कार्कीले स्थानीय स्तरमा कोरोनाको संक्रमण नदेखिएको पनि बताए । विदेशबाट आउनेमा मात्रै संक्रमण देखिएको उनको भनाइ थियो । अन्य रोगबाट मृत्यु भएकोमा पनि कोरोनाबाटै भएको आशंका नगर्न पनि उनको आग्रह थियो ।




प्रतिक्रिया