समाजसेवी त्रिपाठीले गरे नेपाल प्रहरीलाई सेनिटाइजर हस्तान्तरण

समाजसेवी त्रिपाठीले गरे नेपाल प्रहरीलाई सेनिटाइजर हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजसेवी राजकुमार त्रिपाठीले नेपाल प्रहरीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सेनिटाइजर सहयोग गरेका छन् । समाजसेवी त्रिपाठीले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई १ सय १ थान सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रहरीले न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला त्रिपाठीले एसएसपी सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

त्यस्तै उनले ५० थान सेनिटाइजर स्थानीय बासिन्दाहरुलाई वितरण गरेका छन् । सरकारले लकडाउनको घोषणा गरेसँगै सुरक्षाकर्मीहरु जोखिम मोलेर खटिरहेका छन् ।