भक्तपुरबाट लकडाउनको उल्लंघन गर्दै रामेछाप हिँडेको पिकअप दुर्घटना, २ जनाको मृत्यु

भक्तपुरबाट लकडाउनको उल्लंघन गर्दै रामेछाप हिँडेको पिकअप दुर्घटना, २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रामेछापको खाँडादेवी–१ राकाथुममा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लकडाउनको समय अलपत्र परेका यात्रु बोकेर भक्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्वरको पिक अप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

लकडाउनको समय सवारी चलाउन रोक छ । तर, भक्तपुरका इँटा भट्टामा काम गर्ने मजदुरले रातिको समयमा पिक अप लिएर गएका थिए । घाइते हुनेहरुमा बालबच्चा समेत रहेका छन् ।