काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालीले ४ अर्ब ६० करोड कर बुझाएको छ ।
कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको बक्यौता कर कम्पनीले आज ठूला करदाता कार्यालयमा बुझाएको हो ।
सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रूपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो । त्यसमध्ये ४ अर्ब ५० करोड पुसमै बुझाएको थियो ।
कम्पनीले हालसम्म कूल १४ अर्ब १० करोड कर बुझाइसकेको छ । कम्पनीले किस्ताबन्दीमा कर तिर्ने सुविधा पाइसकेको छ । कम्पनीले बाँकी कर २०७७ को असार मसान्तसम्म बुझाइसक्नुपर्ने छ । एनसलेको अब बाँकी कर १४ अर्ब ४० करोड छ ।




प्रतिक्रिया