चितवन – चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिस्तरीय निर्णयबाट अधिकारी ३ वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
डा. अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।
अध्यक्ष बनेका डा. अधिकारी सोही अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन हुन् । डा. अधिकारी अहिले भरतपुर कोरोना अस्पतालको प्रवक्ता एवं सदस्य सचिव भएर काम गरिरहेका छन् ।




प्रतिक्रिया