काठमाण्डु – भारतका अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरको बिहीबार बिहान अस्पतालमै निधन भएको हो ।
प्रारम्भिक विवरणअनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए।
हिन्दी र मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले परिंदा, क्रान्तिवीर, अब तक छप्पन र वेलकम लगायत चलचित्रबाट व्यापक पहिचान बनाएका थिए।
शानदार अभिनय, विशिष्ट संवाद शैली र प्रभावशाली पर्दा उपस्थितिका लागि परिचित पाटेकरले विभिन्न पुस्ताका दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको निधनको खबरपछि भारतीय मनोरञ्जन क्षेत्र र उनका प्रशंसकमाझ शोक छाएको छ।



प्रतिक्रिया