महामहिम राष्ट्रपतिज्यू ! विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्ः रामकुमारी झाँक्री

महामहिम राष्ट्रपतिज्यू ! विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्ः रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय सांसद एवम् नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको मात्रै चिन्ता देखाएकोमा आपत्ति जनाएकी छन् ।

अमेरिकामा कोरोनाको महामारी तीब्र गतिमा फैलिएपछि राष्ट्रपति भण्डारीले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत् त्यहाँ रहेका नेपालीबारे चासो व्यक्त गरेकी थिइन् ।

यही विषयलाई लिएर सांसद झाँक्रीले राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जाल ट्विटरमा व्यंग्य गरेकी हुन् ।

‘सिधा कुराः महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्टेलिया, जापान,कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस,’ उनले ट्विटरमा लेखेकी छन् ‘नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ?’