काठमाडौं –चिनियाँ गरिवी निवारण कोषको नेपालस्थितकार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि लतिपुरको १० स्थानमा ह्यान्डवास स्टेसन सञ्चालनमा ल्याएको छ । कोषले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लतिपुरको १० स्थानमा स्टेशनखोलेको जनाएको छ ।
कोषले बुधबार ललितपुरमा मान्छेको धेरै भीडभाड हुने बसन्तपुर दरबार क्षेत्र, प्रहरी कार्यालय लगायतकाविभिन्न १० स्थानमा स्टेशनमा सरसफाईको सामग्री राखिएका छन् । स्टेसनमा हात सरसफाईकाआवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका पर्याप्त सामग्री राखिएको कोषले जनाएको छ ।
चिनियाँ गरिबीनिवारण कोष नेपालकी कन्ट्री डाइरेक्टर चौ च छियाङले ललितपुरका विभिन्न १० वटा सार्वजनिक स्थानमा एक महिनालाई पुग्ने ह्यान्डवासका सामग्री हस्तान्तरण गरेको बताइन् । कोषका कन्टी डाइरेक्टर छियाङले ललितपुर महानगरपालिकाका वडा नं ८ का अध्यक्ष हेम महर्जन,वडा प्रतिनिधि प्रकाश महर्जन,मंगललाल महर्जन र महिला प्रतिनिधि बिजया महर्जनलाई एक कार्यक्रमबीच ह्यान्डवासका सामग्री हस्तान्तरण गरेकीथिइन् ।
कोषले बुधबार पाटन दरबार स्क्वायर,प्रहरी कार्यालय तथा मान्छेको धेरै जमघट हुने स्थानमा ह्यान्डवासका सामग्री वितरण गरेको थियो । चिनियाँ गरिबी निवारण कोष नेपालकी कन्ट्री डाइरेक्टर चौ च छियाङले सरकारसँग अनुमति लिएर काठमाडौं उपत्यकासहित एक सय ८० स्थानमा ह्यान्डवास स्टेसनमा पर्याप्त मात्रामा सरसफाईका सामाग्री राखिने जानकारी दिइन् ।

‘कोरोना भाइरसको संक्रमणबाट जोगाउनको लागि ह्यान्डबास स्टेशननिर्माण गरेका हौं,,’उनले भनिन, ‘स्थानीय निकायसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं । यसको रेखदेख र संरक्षणको कामपनि स्थानीय समुदायबाटै गरिनेछ ।’कोषले दुई नम्बर प्रदेश र काठमाडौंमा पनि यस अघि नै ह्यान्डवासको सामग्रीवितरण गरिसकेको छ ।
कोषले पाटन दरबार क्षेत्रमाविभिन्न स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुने भएकाले पनि ह्यान्डवासको सामग्री वितरण गरेको जनायो । कार्यालयले लकडाउनकै अवधिमा एक सय ८० भन्दा धेरै स्थानमा एक महिनाभन्दा धेरैलाई पुग्ने ह्यान्डबासको सामग्री उपलब्ध गराएको जनायो । कोषले गुडविल फान्डेसनको सहकार्यमा यो काम गरेको हो । कोषले नेपालमा स्वास्थ्य,शिक्षा, गरिवीनिवारण,जिविको पार्जन लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ ।




प्रतिक्रिया