काठमाण्डु – एमालेको स्थायी कमिटी बैठकमा बिहीबार बस्दैछ ।
बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन् ।
पछिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेपछि उनी नियमित बैठकमा सहभागी हुन लागेकी हुन् ।
गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो । फुकुवा गरेसँगै उनी एमालेको राजनीतिमा सक्रिय हुन थालेकी छन्। गत वर्ष भदौमा भएको विधान महाधिवेशनमा विद्या भण्डारीलाई सदस्यता दिन रोक लगाइएको थियो ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले वरिष्ठ उपाध्यक्षको हैसियतले भण्डारी स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको जानकारी दिए ।



प्रतिक्रिया