प्रधानमन्त्रीको ठाडो निर्देशनमा ओम्नी समूहसंगको सम्झौता खारेज गर्ने निर्णय

प्रधानमन्त्रीको ठाडो निर्देशनमा ओम्नी समूहसंगको सम्झौता खारेज गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको खुलासा भएको छ ।स्वास्थ्यमन्त्रालयले अत्यधिक मुल्यमा ओम्नी समूहसंग चीनबाट स्वास्थ सामाग्री खरिद गर्ने सम्झौता गेपछि सरकारको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री ओलीका सल्लाहकारहरुकै संलग्नतामा उक्त कम्पनीलाई ठेक्का दिने निर्णय भएको आरोप लागेको थियो । उनका आईटी विज्ञ अस्कर अलीको समेत उक्त प्रकरणमा संलग्नता रहेको आरोप लागेको छ । सुरुमा प्रधानमन्त्रीका सल्लाहकारहरुले गलत बिफ्रीङ्ग गरेर प्रधानमन्त्रीलाई गुमराहमा राखेपनि अन्तिममा बुधवार सवै व्रिफिङ्ग लिएपछि प्रधानमन्त्रीले सम्झौता रद्द गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले ठाडो निर्देशन दिएसंगै मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसंग भएको सम्झौता रद्ध गरिएको जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले ओम्नी समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको बताए । साथै उक्त कम्पनीलाई कालोसुचीमा राख्ने र ५ करोड धरौटी पनि जफत गर्ने निर्णय भएको जानकारी श्रेष्ठले दिए ।

बजारमूल्यभन्दा महंगोमा सामान ल्याएको भन्दै उक्त खरिद सम्झौताको चर्को विरोध भएपछि प्रधानमन्त्रीले मन्त्रालयलाई सम्झौता रद्द गर्न निर्देशन दिएका हुन् ।  उक्त सम्झौता रद्द भएपछि सामाजिक संजालमा समेत उक्त प्रकरणमा संलग्नलाई कार्वाही गर्नुपर्ने आवाज उठेको छ ।पछिल्लो समय प्रधानमन्त्रीका सल्लाहकारहरुको ठुला ठेक्का र खरिद प्रकरणमा संलग्नता देखिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र आईटीविज्ञ अस्कर अली रहेका छन् ।