कठमाडौँको गोंगबुमा खाजाघरका नाममा ‘यौनधन्दा’

कठमाडौँको गोंगबुमा खाजाघरका नाममा ‘यौनधन्दा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा–६ गोंगबु क्षेत्रमा खाजाघरका नाममा यौनधन्दा हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले गोंगबुका खाजा घरबाट होटल सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई नियन्त्रण लिएसँगै खाजा घरको नाममा ‘कोठी’ सञ्चालन हुने गरेको खुलेको हो ।

काठमाडौँ प्रहरी परिसरका अनुसार होटलमा वेटर तथा सरसफाई गर्ने भनेर महिलालाई सुरुमा काममा लगाउने र इच्छा विना अपरिचित व्यक्तिहरुलाई बोलाएर पटकपटक जबरजस्तीकरणी गराउने अनुसन्धानबाट खुलेको छ ।

‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको पनि युवतीहरुले बयान दिएका छन् । बेला बेलामा युवतीहरुलाई विभिन्न गेष्ट हाउसमा पठाउने गरेका थिए । एक दिनमा ५÷६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडित युवतीहरुले बताएका छन्।

निम्न आर्थिक अवस्था भएका गाउँका युवतीहरुलाई काम लगाइदिने भन्दै काठमाडौंमा ल्याएर उनीहरुले यस्तो धन्दामा लगाउदै आएका थिए। पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।