त्रिशूली बजारमा बाढीले पुरेको घरबाट भेटिएको सुन, चाँदी र नगद घरधनीलाई हस्तान्तरण

त्रिशूली बजारमा बाढीले पुरेको घरबाट भेटिएको सुन, चाँदी र नगद घरधनीलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरबाट सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट खटिएको टोलीले विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारका स्थानीय अनुज जोशीको बाढीले पुरिएको घरको भग्नावशेषबाट अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र नगद ४ लाख रुपैयाँ फेला पारेको हो ।

सोमबार सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमान्डमा खटिएको खोज तथा उद्धार टोलीले जोशीको घरको भग्नावशेष खन्ने क्रममा सुन, चाँदी र नगद फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

फेला परेको नगद, सुन तथा चाँदी स्थानीय रोहवरमा सम्बन्धित घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण भौतिक संरचना तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि सशस्त्र प्रहरी बल, नेपालले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र नागरिकको जीउधन सुरक्षाका लागि निरन्तर टोली परिचालन गर्दै आएको जनाएको छ ।