देशभित्र आइसकेका नेपालीलाई सिमानामै राख्नु हुनै सक्दैनः नारायणकाजी श्रेष्ठ

देशभित्र आइसकेका नेपालीलाई सिमानामै राख्नु हुनै सक्दैनः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको प्रतिक्रिया दिएका छन् ।

उनले नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दुःखद् भएको उल्लेख गरेका हुन् ।

दार्चुलापारि धार्चुलामा सयौंको संख्यामा नेपाली अलपत्र परेका छन् । लकडाउनका कारण सीमा बन्द हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख गरेका छन् ।

‘नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखस्द हो । उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन । तत्काल बिषेश क्वारानटिनमा राखौं,’ उनले भनेका छन् ।

उनले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने पनि बताएका छन् ।

‘बिदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन,’ उनले भनेका छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्याख्या गरेको ? हुनै सक्दैन ।’