नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण भेटियो

नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप दुई  जना कोरोना भाइरसका बिरामी फेला परेका छन् । आजै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना देखिएको थियो । यो सँगै कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

काठमाडौंपाटीले कैलालीमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको खबर प्रकाशित गरेको थियो । यसअघि संक्रमितसँगै आएका दुई जना फरार थिए । फरार रहेको उनीहरुमा पनि कोरोना संक्रमण पाइएको हो ।

स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।

योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

र यो पनि

कञ्चनपुरमा भारतबाट आएका एक जनामा कोरोनाको संक्रमण भेटियो