काठमाण्डु– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् ।
बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा नेता निधीले विशेष महाधिवेशन गर्ने थापाहरूले नै कांग्रेस फुटाएको दाबी गरे ।
‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्यो, उसैले पार्टी फुटायो । अब कानूनी रूपमा बाँकी छ’, उनले भने, ‘तर व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसक्यो । पार्टी फुटाउने तिनीहरू नै हुन्, जसले विशेष महाधिवेशन गरे। यसमा हामीलाई कुनै भ्रम छैन ।’
उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको पनि जिकिर गरे।
सर्वोच्च अदातलमा पूर्वसभापति शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्ने उनले बताए। निधीले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको पनि बताए ।



प्रतिक्रिया