कञ्चनपुरका कोरोना संक्रमितः महाकाली नदीबाट ट्युव तरेर नेपाल प्रवेश गरेका थिए

कञ्चनपुरका कोरोना संक्रमितः महाकाली नदीबाट ट्युव तरेर नेपाल प्रवेश गरेका थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । सुदुरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी देखिएका हुन् ।

संक्रमित हुनेहरुमा २१, ३५ र ४१ वर्षका रहेका छन् । एक जना भने कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) रहेका छन् ।

कंचनपुरको वेदकोट नगरपालिकाको शुन्दर क्वारेन्टाइनमा रहेका उनीहरु चैत २ गते मजदुरी गर्न भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

उनीहरु काम गर्नका लागि एउटै टेण्टमा ११ जना बस्ने गरेका थिए । चैत १३ गते नेपाल हिँडेका उनीहरु पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका थिए ।

उनीहरु चैत १४ गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित शसस्त्र प्रहरीले समातेर गडाचौकी ल्याएको थियो । गड्डाचौकीबाट शसस्त्रले बेदकोट वडा नम्बर ९ लालपुरसम्म एउटै गाडीमा पठायो ।

त्यसपछि १४ गते राति १० बजे शुन्दरपुरमा रहेको घरमा ९ जनाले बाहिर बसेर खाना खाएको र २ जनालाई वडा नम्बर १० चत्रहरी नपुगी बेदकोट नगरपालिकाले बनाएको शुन्दरपुर क्वारेन्टाइनमा राती १२ बजे राखियो ।

 चैत २० गते काठमाडौंस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिम गएर ११ (अन्य थप दुईजना)सहित १३ जनाको स्वाव परीक्षणका लागि लगेको थियो ।

२२ गते बिहान शुन्दरपुर क्वारेन्टाइनमा बेदकोट वडा नम्बर १० चत्रहरीका एक जना ४१ वर्षका पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिएका ति पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको छ । अहिले उनको उपचार भइरहेको छ । भारतबाट आएका सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ ।