काठमाडौं – बालुवाटारमा तीन घण्टादेखि मन्त्रिपरिषद् बैठक जारी छ । दिउँसो ४ः३० देखि बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ सात २० सम्म जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लकडाउन र समग्र देशको अवस्थाको बारेमा छलफलका लागि दिउँसौ बोलाइएको मन्त्रिपरिषद् बैठक लम्बिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ सात बजेसम्म बैठक जारी छ । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्को ४ ः ३५ बजे सुरु भएको बैठक जारी’, थापाले फेसबुकमार्फत् भनेका छन्, ‘बन्दाबन्दीको समग्र प्रभावका आयामको गम्भीर मूल्याङ्कन ।’
सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन थप गर्ने तयारी गरेको छ ।
बैठकमा स्वास्थ्य सामग्री खरिद र सकारले कोरोना नियन्त्रणका लागि अगाडि सारेका कार्यक्रमबारेसमेत छलफल भएको छ ।




प्रतिक्रिया