कोभिड-१९ को रोकथाम तथा उपचारका लागि लक्ष्मी बैंकले १ करोड बराबरको आर्थिक सहयोग गर्ने

कोभिड-१९ को रोकथाम तथा उपचारका लागि लक्ष्मी बैंकले १ करोड बराबरको आर्थिक सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – लक्ष्मी बैंकले काेराेना भाइरस (कोभिड -१९) को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल  १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

यसमध्ये रु ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गरिने छ ।

यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने तथा महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्यत पुग्ने बैंकको विश्वास रहेको छ ।

नियमित बैंकिंग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत यो सहयोग गरिएको हो । यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पु¥याउदैं लैजाने समेत बैंकको प्रतिबद्ता रहेको छ ।