च्यासलमा चहलपहल, पूर्वराष्ट्रपतिसहित बस्दै एमालेको बैठक (तस्बिरहरू)

च्यासलमा चहलपहल, पूर्वराष्ट्रपतिसहित बस्दै एमालेको बैठक (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ। यस बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पहिलो पटक सहभागी हुँदैछिन्।

११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा भण्डारी पार्टीको बैठकमा सहभागी हुने भएकी हुन्।

गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर पार्टीमा स्वागत गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारी लामो समयपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएसँगै एमालेभित्र उनको भूमिका र नेतृत्वसँगको सम्बन्धलाई चासोका साथ हेरिएको छ। अहिले च्यासलमा एमाले नेता कार्यकर्ताको बाक्लो चहलपहल देखिएको छ।

सदस्यता नवीकरण भएर वरिष्ठ नेताका रुपमा भण्डारीले पार्टीमा इन्ट्री गरेकी छन्। यसरी पहिलो पटक भण्डारीले च्यासलमा प्रवेश गर्दै गर्दा नेता-कार्यकर्ताले उनको स्वागत गरे।