‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ

‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो ।

सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको देखिएको छ । तर, चिकित्सकहरू यो संख्या कम भएको भन्दै संक्रमित व्यक्तिको १४ दिनसम्मको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने बताउँछन् ।

चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।

संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ । तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई ट्रेसिङको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रेसिङमा आएकाको विस्तृत विवरण माग गरे पनि महाशाखाले यकिन गरेर बुझाउन सकेको छैन ।

‘कन्ट्याक्ट ट्रेसिङ’ नहुँदा जोखिम बढ्छ ।कति व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा आए र कतिको जाँच भयो भन्नेबारे पनि स्वास्थ्य मन्त्रालयले आधिकारिक जवाफ दिएको छैन । विश्व स्वास्थ्य संगठनले बनाएको कन्ट्याक्ट ट्रेसिङ फारामका आधारमा भेटिएका व्यक्तिको विवरण संकलन गर्नुपर्ने हो ।यो समाचार आजको राजधानी दैनिकमा छ ।