काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा संवाद गरेका छन् ।
देउवाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको संकटबारे छलफल गरेको जनाएका छन् । उनले आइतबार ट्विट गर्दै लेखेका छन्,”पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें ।
पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 5, 2020




प्रतिक्रिया