खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – भक्तपुरको खरिपाटीमा बसेका ९४ जना नेपालीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रुहरु ल्याएका थिए ।

कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई ल्याएर खरिपाटीमै राखिएको थियो।