कोरोनाको संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन

कोरोनाको संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसबाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको निधन भएको छ । दुई साताअघि कायरोस्थित अस्पताल भर्ना भएका ६८ वर्षीय उनको आइतबार निधन भएको एएफपीले जनाएको छ ।

सुरुमा ह्दयघात भएपछि मार्च २१ मा उनलाई कायरोस्थित गानजुरी विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पताल निर्देशकका अनुसार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनको उपचार भइरहेको थियो ।

गद्दाफी सरकार प्रमुख हुँदा लामो समयसम्म उनका आर्थिक सल्लाहकार रहेका जिब्रिलले सन् २०११ मा उनैलाई अपदस्थ गर्दै लिबियाको सत्ता सम्हालेका थिए । सन् २०१२ देखि आफ्नै पार्टी नेशनल फोर्स अलाइन्स गठन गरी उनी सक्रिय राजनीतिमा थिए ।

‘सुरूमा उनको स्वास्थ्यमा सुधारका संकेतहरु देखिएका थिए तर आइतबार बिहानैदेखि फेरि स्वास्थ्य बिग्रियो’, अस्पतालका निर्देशक हिसाम ह्वाग्डीले बताएको एएफपीले जनाऐको छ ।स्थानीय समयअनुसार आइतबार २ बजे दिउँसो उनको निधन भएको हो ।