जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वस्नेतको सहयोग र पहलमा उक्त सामाग्री जाजरकोट पठाइएको हो ।
मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र हेण्ड वास २ काटुन सहयोग गरेका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री वस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।
‘हामी यो स्वास्थ्य सामाग्रीको सदुपयोग गर्छौ, यस्तो कठिन परिस्थितीमा पनि मन्त्रीज्युले यो सामाग्री व्यवस्था गर्नुभएको छ । हामी आवश्यकता हेरेर जिल्ला स्वास्थ्य र स्थानिय तहमा स्वास्थ्य सामाग्री पठाउछौं ।’ प्रमुख जिल्ला अधिकारी पन्तले भने ।





प्रतिक्रिया