काठमाडौं – नेपाली सेनाको सिफारिसमा सरकारले स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशमा पत्र पठाएको छ ।
स्वास्थ्य सामाग्री खरिदका लागि सेनाले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सबै देशमा स्वास्थ्य सामाग्री नपाइने सम्भावना रहेकाले पाँच देश सिफारिस गरिएको प्रष्ट पारे । सिफारिस गरिएका राष्ट्रले कति सामग्री पठाउन सक्छन् त्यसकै आधारमा सामग्री खरिद गर्ने देशको टुंगो लाग्ने सेनाले जनाएको छ ।
सरकारले ओम्नी समूहलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिइएको थियो । सरकारले ओम्नीसँगको सम्झौता रद्ध गरेर सेनालाई ल्याउने जिम्मा दिएको थियो । ओम्नीले गुणस्तरहीन सामग्री महँगों मूल्यमा खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई थाहै नदिई ओम्नीसँग सम्झौता गरेको भन्दै सम्बन्धित मन्त्रीसँग असन्तुष्टी पोखेका थिए ।




प्रतिक्रिया