वीरगञ्ज कारागारबाट ३३ जना कैदीबन्दी छाडिए

वीरगञ्ज कारागारबाट ३३ जना कैदीबन्दी छाडिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ ।

सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले राससलाई जानकारी दिए ।

बाँकी पाँच जना कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा रहेका छन् । छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेका कैदी भएको बताइएको छ ।