काठमाडौं – कोरोना भाइरसका कारण लोकसेवा आयोगले २०७७ वैशाख १ देखि सञ्चालन हुने लिखित र अन्तवार्ता लगायतका सबै कार्यक्रम स्थगित गरेको छ ।
परिस्थिति सहज भएपछि स्थगन भएका कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरिने आयोगका सूचना अधिकृत देवीप्रसाद सुवेदीले बताएका छन् ।
कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै २०७६ को चैत मसान्तसम्म हुने लिखित र अन्तर्वार्ताका कार्यक्रम स्थगनको पूर्वसूचना अनुसार नै अर्को सूचना प्रकाशन नभएसम्म स्थगित भइसकेका छन् ।
२०७६/७७ को वार्षिक कार्य तालिका अनुसारको चैतको अन्तिम बुधबार प्रकाशन गर्नुपर्ने रा.प्र. अनं द्वितिय श्रेणी प्राविधिक पदको परीक्षा पनि स्थगित भएको छ ।





प्रतिक्रिया