काठमाडौं – कोरोना भाइरस (कोभिड -१९) का कारण बेलायतमा पूर्वगोरखा सैनिक चेत प्रसाद गुरुङको मृत्यु भएको छ । ५९ वर्षिय भूपू गोरखा सैनिक चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थ्विक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।
उनी नेपाल पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ लण्डनको अल्पर्टनमा बस्दै आएकाका थिए। गुरुङसंगै वेलायतमा कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या तीन पुगेको छ।




प्रतिक्रिया