काठमाडाैं – कोभिड –१९ को संक्रमणबाट प्रहरीलाई बचाउन दाङमा मास्क र पञ्जा वितरण गरिएको छ । दाङका युवा व्यवसायी बालकुमार घर्ती मगर र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीले जिल्ला प्रहरी प्रमुख जनक भट्टराईलाई आज मास्क र पञ्जा हस्तान्तरण गर्दै लकडाउन सफल बनाउन अहोरात्र खटिँदै आएको प्रहरी प्रशासनलाई संक्रमणबाट बचाउन संरक्षण सामग्री उपलब्ध गराइएको जानकारी दिए ।
युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रालिका तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई दुई हजार प्रति पञ्जा र दुई सय प्रति ननओभन मास्क उपलब्ध गराइएको छ ।




प्रतिक्रिया