‘अपरिपक्क’ निर्णयपछि ईश्वर पोखरेलले निकालेको त्यो विज्ञप्ति

‘अपरिपक्क’ निर्णयपछि ईश्वर पोखरेलले निकालेको त्यो विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार सरकारले काठमाडौं उपत्यकामा रहेका नागरिकलाई काठमाडौं बाहिर जान दिने निर्णय गरेको खबर बाहिरियो । सरकारले शुक्रबार र शनिबार काठमाडौं बाहिर जान दिने निर्णय अन्ततः डेढ घण्टामा उल्टिएको छ ।

बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निष्कर्षमा पुगेर निर्णय भइनसकेको बताए । उनले सामाजिक सञ्जालमा आए जस्तो गरी कुनै निर्णय नभएको भन्दै पानीमाथिको ओभानो हुन खोजेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक मन्त्री पोखरेलले एक विज्ञप्ति नै जारी  गरेर उक्त समाचार झुटो भएको दाबी गरे ।

‘भोली र पर्सी काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरु खासगरी सामाजिक सञ्जालहरुमा आईरहेको सन्र्दभमा नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

यस किसिमका कुनै निर्णय नभएको, कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ ममहसुस गरी ‘लडकडाउन’लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरुका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आश्यकतालाई गम्भीर रुपमा उठाइएको कुरा हामी सबैले सुनका बुझेका छौं । यो कामलाई सरकारलदे मात्र नभएर आम नेपाली नागरिकहरुको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमतको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँछु’उनले सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा भनेका छन् ।

कुनै पनि पनि सरोकारवाला निकायसँग छलफल नगरी हतारमा गरिएको निर्णयका विषयमा कुनै पनि निकायलाई जानकारी नदिएको र आफूहरु तत्काल सहयोग गर्ने अवस्था नरहेको भन्‍ने प्रतिक्रिया पछि सरकार पछि हटेको हो ।

सरकारले यसअघि यातायात व्यवसायी महासंघ र स्वास्थ्य अधिकारीहरुसँग छलफल नै नगरी निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो । सरकारको अपरिपक्क निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

सरकारले निर्णय सार्वजनिक भएसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाए । उनले लकडाउनको अर्थ लकडाउन नै भएको बताए । ‘काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो । बरु वेखर्चीलाई राहत देऊ’, उनले विरोध गर्दै भनेका छन् ।