वैशाख र जेठका सबै परीक्षा रद्ध गर्ने त्रिविको निर्णय

वैशाख र जेठका सबै परीक्षा रद्ध गर्ने त्रिविको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

विश्वविद्यालयका अनुसार २०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चा वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित भएको हो ।

साथै पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।