आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक घाइते

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – आफैले बोकेको भरुवा बन्दुक पड्किँदा घ्याङलेख गाउँपालिका-१ बुक्ति पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन बिहीबार राति घाइते भएका छन् ।

सोही गाउँपालिकास्थित जगंल नजिकै बारीमा मकै खान आएको जंगली बदेल लखेट्न पाख्रिन तथा सोही ठाउँ बस्ने नुर भन्ने बुद्ध बहादुर बम्जन लगायत अन्य ४ जना भरुवा बन्दुक बोकी गएको अवस्थामा उक्त भरुवा बन्दुक अचानक पड्किँदा पाख्रिन घाइते भएको बताइएको छ ।

घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको छ । घटनामा संलग्न रही उक्त बन्दुक सहित फरार भएका नुर भन्ने बुद्ध बहादुर बम्जन लगायत अन्य ४ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।