अब कनेक्ट आइपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

अब कनेक्ट आइपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आएपीएस मार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने छ । कनेक्ट आएपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नाे बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आफ्नाे प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आएपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इ-सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै फोन पे मार्फत आफ्नाे बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको Internet Banking मार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।