झुलाघाटमा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

झुलाघाटमा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको हो ।

आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइसकिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । ’ ‘एकदुई दिनभित्र उनको रिपोर्ट आउँछ ।  यसअघि पनि जिल्ला अस्पातलमा दुईजनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेपनि उनीहरुको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।