एजेन्सी – फेसबुकले सीईओ मार्क जुकरबर्गको सुरक्षा र निजी भ्रमणका लागि २ करोड ३४ लाख डलर खर्च गरेको छ ।
यो २०१८ को २ करोड हाराहारीको डलरर २०१७ को ९१ लाख डलरको तुलनामा बढी हो । जुकरबर्गको वार्षिक तलब भने १ डलर मात्रै रहेको छ ।
यो कोषमा जुकरबर्गको घरमा हुने व्यक्तिगत सुरक्षा र व्यक्तिगत भ्रमणमा हुने १ करोड ४ लाख ६३ हजार ७१७ डलरको खर्च पनि समावेश रहेको फाइनान्शीयल फाइलिङले देखाएको छ ।
यसमा उनको र उनको परिवारको सुरक्षाका लागि आवश्यक पर्ने अतिरिक्त १ करोड डलर पनि समावेश छ । उनको निजी सुरक्षाका लागि फेसबुकले २०१८ मा ९९ लाख ५० हजार डलर र २०१७ मा ७५ लाख डलर खर्च गरेको थियो ।
जुकरबर्गको निजी विमानका लागि २९ लाख ५० हजार डलरको आवश्यकता परेको फाइलिङमा उल्लेख गरिएको छ । उनले २०१८ मा निजी हवाई यात्राका लागि २५ लाख ९० हजार डलर र २०१७ मा १५क लाख २० हजार डलर खर्च गरेका थिए ।
यी सबै खर्चहरु जुकरबर्गका लागि दिइने अन्य पारिश्रमिकको मातहतमा रहेको फाइलिङ गरिएको थियो ।
यसैबीच फेसबुकका प्रमुख संचालन अधिकृत (सीओओ) सेरिल स्यान्डबर्गले बेसिक तलबमा ८ लाख ७५ हजार भन्दा थोरै बढी मात्रै पाएकी थिइन् । यो पनि २०१८ को ८ लाख ४३ हजारको तुलनमा बढी हो । तर उनले लाभांश अन्तर्गत ९ लाख २ हजार ७४० डलर प्राप्त गरेकी थिइन् ।
यो पनि २०१८ को ६ लाख ३८ हजार डलरको तुलनामा बढी हो । उनले सेयर बापन १ करोड ९६ लाख ७० हजार डलर प्राप्त गरेकी थिइन् । उनले २०१८ मा सेयर बापत १ करोड ८४ लाख २० हजार डलर प्राप्त गरेकि थिइन ।




प्रतिक्रिया