मुम्बईमा एकै परिवारका आठ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो

मुम्बईमा एकै परिवारका आठ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोकेन्द्र सेर्पाली / गोवा – नेपालका एकै परिवारका ८ जनामा भारतमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । अछाम डुरुवा निवासी चेतमान खड्काका एकै घरपरिवारमा आठजना परिवार कोरना संक्रमित भएका हुन् ।

भारतको मुम्बई कार्यरत चेतमान छेत्रीलाई मार्च ३१ तरिखमा सामान्य रुघाखोकी लागेको थियो त्यसपछि उनी र उनका परिवारका सदस्यहरुलाई मुम्बई स्थिति विभिन्न ठाउँका हस्पिटलमा उपचार भैरहेको छ । उनीहरु मुम्बई सामान्य व्यवसायी गरेर बसेका थिए ।

उनले आज बिहान प्रगतिशील नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पाली र प्रवक्ता गोकुल भुजेलसँग टेलिफोन गरेर आफू र आफ्नो परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।

साथै उनले फेसबुक स्टाटसमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा  जानकारी दिएका छन् । उनीहरु १० दिनदेखि हस्पिटलमा उपचार गराइरहेका छन् ।