काठमाडौं – बागलुङमा थप एक जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यस अघि दुई जनामा कोरोना भाइरस देखिएको थियो । केही दिन अगाडि भारतबाट आएकी ति महिलामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको हो ।
जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।
रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारी छ ।




प्रतिक्रिया