कैलालीमा एक महिलामा कोरोनाको संक्रमण भेटियो

कैलालीमा एक महिलामा कोरोनाको संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा थप एक जना महिलामा कोरोना भाइरसका बिरामी भेटिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले पुष्टी गरेका छन् ।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए । सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।