निर्वाचन क्षेत्रमा खानेपानीमन्त्रीको एक सय क्विन्टल चामल सहयोग

निर्वाचन क्षेत्रमा खानेपानीमन्त्रीको एक सय क्विन्टल चामल सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छन् । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराएकी हुन् ।

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गराएकी हुन् ।

दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल उपलब्ध गराएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए । उनका अनुसार मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गरेकी हुन् ।

‘कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि गरीखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको हो’, उनले भने ।