सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १६ पुग्यो

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामध्ये दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएको छ ।

सोमबार पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका तीन मध्ये दुई जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट आउन बाँकी छ ।

उनीहरु मध्ये छोरा र बुहारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आमाको रिपोर्ट आउन बाँकी रहेको छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारी बस्दै आएका थिए ।  उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।