सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण गरिदै

सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण गरिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना संक्रमण परीक्षण गरिने भएको छ। अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको हो।

संक्रमित हुनेमा  ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  अर्को एकजनामा भने कोरोना संक्रमण देखिएको छैन।त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारी बस्दै आएका थिए । उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो ।

अपार्टमेन्टमा पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए।तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।