काठमाडौं – सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गरेको हो । बढुवा हुने पोखरेल प्रशासन र राई इन्जिनियरिङ समूहका हुन् ।
सचिवमा बढुवा भएका पोखरेल प्रदेश नम्बर दुई र राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै प्रदेश २ मा कार्यरत रामकृष्ण सुवेदीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।




प्रतिक्रिया