चितवनमा विदेशबाट आएका एक जनामा कोरोना पोजेटिभ

चितवनमा विदेशबाट आएका एक जनामा कोरोना पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । रत्‍ननगरमा रहेको गुन्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्ट क्रममा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका अनुसार मंगलबार गरिएको ३९ जनाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडीटी) का क्रममा विदेशबाट फर्किएका एकजनामा कोरोना पोजेटिभ देखिएको हो । उनको स्वाबको नमुना लिएर भरतपुर प्रयोगशालामा पठाइएको अस्पतालले जानकारी दिएको छ ।