दसैँको अग्रीम टिकट बुकिङ आजदेखि खुल्यो

दसैँको अग्रीम टिकट बुकिङ आजदेखि खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दसैँमा घर जाने यात्रुका लागि शुक्रबारदेखि अग्रीम बस टिकट बुकिङ खुला भएको छ ।

टिकट काट्नका लागि बिहीबार रातिदेखि नै यात्रुहरू काठमाण्डुको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच असोज २३ गतेदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु बिहीबार रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए। दसैँको अग्रीम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ।