नारायणी नदीमा डुङ्गा पल्टियो, एक जना बेपत्ता

नारायणी नदीमा डुङ्गा पल्टियो, एक जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासीमा नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।

डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले उद्धार गरेको तर बालिका महतो भने नदीमा बेपत्ता भएकी हुन् ।

उनीहरु नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएर फर्किने क्रममा डुङ्गा पल्टिएको प्रहरी नायब उपरीक्षक खाँडले जानकारी दिए ।